भारतको मणिपुरमा इन्टरनेट प्रतिबन्ध लम्बियो

भारतको मणिपुर राज्य सरकारले पाँच जिल्लामा इन्टरनेट र मोबाइल डेटा सेवाहरूको प्रतिबन्ध सेप्टेम्बर २० सम्मका लागि लम्ब्याएको छ । मणिपुरका इम्फाल पश्चिम, इम्फाल पूर्व, थौबल, विष्णुपुर र काक्चिङ जिल्लामा ‘भीस्याट र भीपीएन’ सेवासहित इन्टरनेट र मोबाइल डेटा सेवाहरूको निलम्बन थप गर्न सरकारले आदेश दिएको हो ।

यसअघि सेप्टेम्बर १० गतेदेखि शुरुमा पाँच दिनसम्म राज्यमा इन्टरनेट सेवामा प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्ध हिजो सकिने भनिए पनि शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै सरकारले लम्ब्याउने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

केही समयदेखि मणिपुरमा चलिरहेको जातीय द्वन्द्वका कारण हिंसात्मक प्रदर्शन हुन थालेपछि त्यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको छ । जातीय हिंसाका विरुद्धमा राजधानी नयाँ दिल्लीसहित भारतका विभिन्न राज्यमा विरोध प्रदर्शन भइरहेको छ । 

एजेन्सी

Comments

Back to top