नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी, कुन पदमा कति ?

नेपाल प्रहरीमा ठूलो संख्यामा नयाँ भर्ना खुलेको छ। प्रहरी निरीक्षक र सहायक निरीक्षकमा नयाँ भर्ना खुलेको छ।

इच्छुक उम्मेदवारले भदौ ३० गतेखि असोज ३० गतेसम्म दरखास्त दिन सक्नेछन्। अनलाइनबाटै वा दर्ता संकलन केन्द्रमार्फत दिन सकिने व्यवस्था गरिएको छ।

प्रहरी निरीक्षकमा दरखास्त दिन कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ भने सहायक निरीक्षकका लागि प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

Comments

Back to top