नेप्सेमा ५०.७३ अंकको गिरावट , १० अर्ब ३३ करोडको सेयर कारोबार!

आइतबार नेप्से परिसूचक ५०.७३ अंकले घटेर २,६३७.७९ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२४ कम्पनीको कुल २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयरको करिब १० अर्ब ३३ करोड ९२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २४ कम्पनीको सेयर मूल्य बढेको छ, २१९ कम्पनीको मूल्यमा गिरावट छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ ।

 

प्रमुख कारोबार

यस दिन टप गेनर रिभर फल्स पावर लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा थ्री स्टार हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा सिइडीबी हाइड्रोपावर डेभलप्मेन्ट कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६४ करोड ३८ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ।

Comments

Back to top