आयल निगममा रोजगारीको सुनौलो अवसर

 नेपाल आयल निगमले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।

आयल निगमले खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी रुपमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। जसअनुसार आयल निगमले चौथो तहदेखि आठौँ तहसम्म ३५ जना नयाँ कर्मचारी भर्ना गर्नेछ।

आयल निगमले प्राविधिक, अप्राविधिक, प्रशासन, इन्जिनियरिङ, लेखा, ल्याब र विविध गरी विभिन्न समूहमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

इच्छुक उम्मेदवारले अनलाइनमार्फत २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर म्याद सकिएको ७ दिनभित्र दरखास्त पेस गर्न सक्नेछन्।

 

Comments

Back to top