जुम्लाबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी दुर्घटना, आठ जना घाइते

कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

जुम्लाको सिँजादेखि सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको फोर्स गाडी शनिबार दिउँसो साढे २ बजे कालिकोटको तिलागुफा–५ खल्लागाडमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भीर र तीन जनाको अवस्था सामान्य छ ।

१८ जना सवार गाडी अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा जुम्लाको सिंजा–३ का ५२ वर्षीय धनमाने सार्की, वर्ष ६० का मनजिते सार्की, वर्ष ६५ का जर्म सुनार, वर्ष ६४ का जोरे सार्की, वर्ष ५७ को परिदत्त शर्मा वर्ष ६४ की मनकन्या चौला रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गोविन्द चौधरीले जानकारी दिए ।

यस्तै, जुम्ला कनकासुन्दरी ६ बस्ने वर्ष ३९ का कर्ण भण्डारी, कालीकोटको तिलागुफाका वर्ष २९ का तिलप्रसाद न्यौपाने पनि घाइते भएका छन् ।

घाइतेहरुको राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

एजेन्सी

Comments

Back to top