५ रोचक तथा ज्ञानवर्धक तथ्यहरू

१. लामो वर्णमाला

सबैभन्दा लामो वर्णमाला कम्बोडियाको वर्णमालालाई मानिन्छ । जसमा ७४ वटा अक्षर छन् ।

२. एक वर्षमा मृत्यु

वर्षभरिमा विभिन्न कारणबाट संसारभर करिब २ करोड मानिस मर्ने गर्छन् ।

३. घर नम्बर

बजारका घरहरूमा नम्बर राख्ने चलन सन् १४६३ मा फ्रान्सको पेरिस सहरबाट सुरु भएको हो ।

४. अनपढ

संसारभर करिब एक अरब वयस्कहरूले लेख्न–पढ्न जान्दैनन् । उनीहरू अनपढ छन् ।

५. किमोनो

जापानी राष्ट्रिय पोसाकको नाम ‘किमोनो’ हो । यसको मूल्य १० हजारदेखि १० लाख रुपैयाँसम्म पर्ने गर्छ । यो पोसाक लगाउन दुई घण्टासम्म समय लाग्छ ।

एजेन्सी

Comments

Back to top