अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप

अमेरिकाले रूसमाथि सन् २०२४ को राष्ट्रपति निर्वाचनमा हस्तक्षेपको प्रयास गरेको आरोप लगाएको छ । उसले निर्वाचनमा हस्तक्षेपको प्रयास गरेको आरोपमा रूसका सरकारी सञ्चार माध्यममाथि प्रतिबन्ध लगाएको छ । 

अमेरिकाले राष्ट्रपति निर्वाचनमा हस्तक्षेपको प्रयास गर्न अभियान नै सञ्चालन गरेको दाबीसमेत गरेको छ । अमेरिकाका महान्यायाधिवक्ता मेरिक गारल्यान्डले रूसका सरकारी सञ्चारमाध्यम आरटी (रशियन टुडे) ले रूसी सन्देश बनाउन तयार गरेर अमेरिकी दर्शकसम्म पुर्‍याउनका लागि टेनेसीको एक फर्मलाई एक करोड़ डलर दिएको दाबी गरेका छन् । 

अमेरिकाले आरटीकी प्रमुख मार्गरिटा सिमोन्यानसहित १० जना रूसका सरकारी सञ्चार माध्यमका पत्रकारहरू माथि प्रतिबन्ध लगाएको बीबीसीमा समाचार प्रकाशित छ । 

तर, रूसी सरकारी सञ्चार माध्यम आरटीले अमेरिकाद्वारा लगाइएको आरोप अस्वीकार गरेको छ । अमेरिका अधिकारीहरू आरटीसँगै रूसका अन्य सरकारी मिडियाले आफ्ना गलत गतिविधीहरुको समर्थनका लागि अमेरिकी इन्फ्लुएन्सर्सहरुलाई गोप्य रूपमा भर्ना अभियान चलाएको पनि दाबी गरेका छन् ।

एजेन्सी

Comments

Back to top