नेप्सेमा १२.१० अंकको गिरावट , ९ अर्ब ६५ करोडको सेयर कारोबार!

बिहिबार नेप्से परिसूचक १२.१० अंकले घटेर २,७२७.३६ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१६ कम्पनीको कुल २ करोड १ लाख ५३ हजार ९९३ कित्ता सेयरको करिब ९ अर्ब ६५ करोड १५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १०२ कम्पनीको सेयर मूल्य बढेको छ, १३८ कम्पनीको मूल्यमा गिरावट छ भने ४ कम्पनी स्थिर रहेका छन्।

यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनर आत्मनिर्भर लघुवित्त वित्तीय सैस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा नेपाल फाइनान्स लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.९१% ले घटेको छ। कारोबार रकमका आधारमा नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ५० लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा अपी पावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ।

Comments

Back to top