प्राइम बैंक कमर्सियलले ३ अर्बको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई बिक्री गर्न अनुमति मागेको हो । जसमध्ये १२ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने १८ लाख इकाई प्राइभेट प्लेसमेन्ट गर्ने बैंकले जनाएको छ ।

बैंकको ऋणपत्र निष्कासन तथा तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । बैंकले ‘प्राइम बैंक लिमिटेड ऋणपत्र २०९१’ जारी गर्न लागेको हो । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ ।

एजेन्सी

Comments

Back to top