फिलिपिन्समा १४ लाख लिटर इन्धन बोकेको पानीजहाज समुद्रमा डुब्यो

फिलिपिन्समा १४ लाख लिटर इन्धन बोकेको एउटा पानीजहाज समुद्रमा डुबेको छ । राजधानी मनिला नजिकैको समुद्री तटमा १४ लाख लिटर इन्धन डुबेको र यो इतिहासकै ठूलो दुर्घटना भएको समाचार संस्था एएफपीले जनाएको छ ।

पछिल्ला दिनहरूमा मनिला र वरपरका क्षेत्रहरूमा आएको ठूलो वर्षा र आँधीका कारण जहाज डुबेको अनुमान छ । समुद्रमा डुबेको जहाजबाट तेल निकाल्न नसकेमा यसले समुद्री पर्यावरणमा ठूलो क्षति पुग्ने त्रास उत्पन्न भएको छ । विज्ञ र कामदारहरूले इन्धनको चुहावट रोक्न प्रयास गरिरहेका छन् ।

तेल समुद्रमा चुहिएमा त्यहाँका माछा र समुद्रमा बस्ने जीवजन्तु तथा वनस्पति मर्नेछन् । यस्तै समुद्री तट पनि मानिसहरू जान अयोग्य हुनेछन् । यसले गर्दा हजारौँ मछुवा र 'टुर अपरेटर हरूलाई आफ्नो जीविकोपार्जनमा समस्या पर्ने खबरमा उल्लेख छ ।

यसअघि सन् २०२३ मा ८० हजार लिटर औद्योगिक इन्धन तेल बोकेको ट्याङ्कर मिन्डोरोको केन्द्रीय टापुमा डुबेको थियो। त्यो तेल पानीमा चुहिँदा पानी र समुद्री तटहरूलाई दूषित बनाएको छ । यसले माछा मार्ने र पर्यटन उद्योगलाई ध्वस्त पारेको थियाे ।

एजेन्सी

Comments

Back to top