सपोर्ट लघुवित्तको बढ्यो नाफासँगै प्रतिशेयर आम्दानी

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले २ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.०३ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८ दशमलव १९ प्रतिशतले बढेको छ । अन्य सञ्चालन आम्दानी ८१ दशमलव ९४ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी २८.६६ प्रतिशत र सञ्चालन मुनाफा १९४.३८ प्रतिशतले बढेको छ।

१० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ करोड ३३ लाख रुपैयाँ सञ्चित रहेको छ। असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब २६ करोड सापटी र ३४ करोड निक्षेपबाट कुल १ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८५ पैसाले बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ८३.९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा रहेको छ।

एजेन्सी

Comments

Back to top