एनआईबीएल इक्विटीले डेलिज डेरिजमा साढे ९ करोड लगानी गर्ने

एनआईबीएल इक्विटी पार्टनर्सले डेलिस डेरिजमा साढे ९ करोड लगानी गर्ने भएको छ ।एनआईएमबी एस क्यापिटल लिमिटेडको एकाइ कम्पनी एनआईबीएलले दूध उत्पादन कम्पनी डेलिस डेरिजमा लगानी गर्ने सम्झौता गरेको हो ।

डेलिस डेरिजले ʻडेलिस’ ब्राण्डको ग्रिक दही र ʻपञ्चमी’ ब्राण्ड बेच्दै बेच्दै आएको छ । लगानी थप भएसँगै नेपाली बजारमा डेलिस ब्राण्डको स्थानलाई झनै मजबुत हुने विश्वास दुई कम्पनीको छ ।

डेलिज डेरिजले हाल चितवनमा रहेको आफ्नो कारखानामा १० हजार दलिटर दूध प्रतिदिन उत्पादन गर्दै आएको छ, लगानी थप भएसँगै अब उक्त क्षमता वृद्धि गर्ने लक्ष्य कम्पनीको छ । यस्तै बजारको पहुँचमा विस्तार गर्ने तथा घरेलु पूँजी बजारमा थप सकरात्मक प्रभाव पार्न आईपीओ निष्काशनको तयारी गर्न सक्नेगरी काम गर्ने तयारी डेलिज डेरिजले गरेको छ ।

एजेन्सी

Comments

Back to top