ग्लोबल आइएमई लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा पोख्रेल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रीराम पोख्रेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

संस्थाले २०८१ श्रावण २ गतेदेखि लागू हुने गरि पोख्रेललाई नियुक्ति गरेको हो ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पोख्रेलले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका उच्च व्यवस्थापनको जिम्मेवारीमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै १३ वर्षभन्दा बढीको लामो अनुभव रहेको छ ।वित्तीय संस्थाहरुको दीर्घकालीन व्यवसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका पोख्रेलले विगतमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ वर्षभन्दा बढि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाालिसकेका पोख्रेल यसअघि आइएमई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडमा विभागिय प्रमुखको जिम्मेवारी समाल्दै आएका थिए ।

हालसम्म वित्तीय संस्थाले मुलुकभर ५४ जिल्लाका १२० वटा शाखा कार्यालयहरु मार्फत १ लाख ५५ हजार सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।

एजेन्सी

Comments

Back to top