विश्वकै धनी व्यक्ति एलन मस्कद्वारा २ वटा ठूला कम्पनीको मुख्यालय टेक्ससमा सार्ने घोषणा

विश्वकै धनी अमेरिकी अर्बपति एलन मस्कले आफ्ना दुई वटा मुख्य कम्पनीको मुख्यालय क्यार्लिफोनियाबाट टेक्ससमा सार्ने घोषणा गरेका छन् । क्यार्लिफोर्नियाको कानुन चित्त नबुझेको भन्दै मस्कले रकेट कम्पनी 'स्पेस एक्स' र सामाजिक सञ्जाल 'एक्स' को कार्यालय टेक्ससमा सार्ने घोषणा गरेका हुन् ।

अब 'स्पेस एक्श' को मुख्य कार्यालय टेक्ससको बोका चिका र 'एक्स' को मुख्यालय टेक्ससकै अस्टिनमा सर्नेछ । विशेष गरेर क्यार्लिफोर्नियाको लैङ्गिक पहिचान कानुनलाई कारण देखाएर मस्कले मुख्यालय टेक्ससमा सार्ने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

एजेन्सी

Comments

Back to top