लुयानको मनसुन अफर चालु, स्कुटर किन्दा नगद छुट तथा एक्सेसरीज फ्रि

लुयान ब्राण्डको नेपालको लागि आधिकारिक वितरक जीरो इमिसन राइड एनले लुयान मनसुन अफर शुरु गरेको छ ।

यस अफर अन्तर्गत लुयानको कुनै पनि मोडेलको विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहरुले नगद रु. १० हजार नगद छुट सहित अन्य सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन्। एउटा प्रिमियम हेलमेट र एउटा रेनकोट समेत ग्राहकले निशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सधैं झैं चालु आर्थिक बर्षको कर, ६ पटकसम्म फ्रि सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत ग्राहकहरुले प्राप्त गर्नेछन् । यसका साथै अन्य कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान समेत पाइने कम्पनीले जनाएको छ । साथै फाइनान्सको सुविधा समेत पाउन सकिनेछ ।

यो स्किम कम्पनीको मुख्य शोरुम नागपोखरी, काठमाण्डौं लगायत अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिने कम्पनीका सेल्स हेड शंकर शर्माले बताए ।
लुयान ब्राण्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुन्छ ।

एजेन्सी

Comments

Back to top