६ महिनामा चीनको जीडीपी ५ प्रतिशतले बढ्यो

सन् २०२४ को पहिलो ६ महिनामा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५ प्रतिशतले बढेको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको तथ्याङ्कले जीडीपी ५ प्रतिशतले बढेको देखाएको छ ।

जनवरीदेखि जुनसम्मको ६ महिनामा चीनको जीडीपी ८० खर्ब ६५ अर्ब अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । तर पछिल्लो तीन महिनामा भने जीडीपी ४ दशमलव ७ प्रतिशतले मात्रै बढेको खबरमा उल्लेख छ ।

दोस्रो त्रैमासिक अवधिमा चीनको जीडीपी लक्ष्यअनुसार नबढ्नु ठूलो धक्का भएको पश्चिमा देशका सञ्चारमाध्यमहरूले विश्लेषण गरेका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले लामो समयदेखि घरजग्गा सङ्कट, स्थानीय सरकारको ऋण, कम उपभोग र उच्च बेरोजगारीको सामना गरिरहेको छ ।

एजेन्सी

Comments

Back to top