चिनियाँ विद्युतीय कारमा शुल्क लगाउने ईयूको निर्णयमा जर्मनीको असन्तुष्टि

जर्मनीले चीनमा निर्मित विद्युतीय गाडीमा अस्थायी शुल्क लगाउने युरोपेली सङ् (ईयू) घको निर्णय अस्वीकार गर्ने सङ्केत गरेको छ ।

युरोपेली युनियनले चीनबाट आयात हुने विद्युतीय गाडीमा ३७ दशमलव ६ प्रतिशतसम्म अस्थायी शुल्क लगाउने निर्णय गरिसकेको छ । यो निर्णयमा भोलि युरोपेली युनियनको संसद्मा मतदान हुँदैछ । जर्मनीले भने मतदानमै भाग नलिने तयारी गरेको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

यदि ईयूका २७ वटा सदस्य देशमध्ये बहुमतले विरोध गरेमा शुल्क लगाउने निर्णय कार्यान्वयन नहुन सक्छ । युरोपेली युनियनले चिनियाँ विद्युतीय गाडीमा लगाउने शुल्कको निर्णय पारित गरेमा चीन र जर्मनीको व्यापारमा ठूलो समस्या आउने खबरमा उल्लेख छ । यो विषयमा अहिले ईयू आयोग र चिनियाँ सरकारबीच वार्ता चलिरहेको छ ।

गएको वर्ष जर्मनीमा उत्पादन भएकामध्ये एक तिहाइ कार चीनमा बिक्री भएका थिए । यदि चिनियाँ विद्युतीय कारमा युरोपेली युनियनले शुल्क लगाएमा जर्मनीबाट चीन निर्यात हुने कारलाई पनि चीनले शुल्क लगाउन सक्छ । त्यसैले जर्मनीले चिनियाँ कारमा शुल्क लगाउने निर्णयको विरोध गरिरहेको छ । 

एजेन्सी

Comments

Back to top