चीनको ईभी बजार ३२ प्रतिशत बढ्यो

चीनले सन् २०२४ को पहिलो छ महिनामा करिब ५० लाख युनिट नयाँ विद्युतीय सावारीसाधन बिक्री गरेको रिपोर्ट सार्वजनिक गरेको छ । जुन वार्षिकरुपमा ३२ प्रतिशत वृद्धि हो ।

रिपोर्टअनुसार नयाँ ऊर्जा सवारीसाधनको उच्पादन चार दशमलव ९३ मिलियन युनिट पुगेको छ । जनवरीदेखि जुनसम्म चीनको कुल अटोमोबाइल उत्पादन करिब १३ दशमलव ८९ मिलियन एकाइ र बिक्रीको आकडा १४ दशमलव शून्य चार मिलियन एकाइ रहेको छ ।

उपभोक्ताहरु नयाँ ऊर्जा सवारीसाधन किन्न इच्छुक भएसँगै उत्पादन र बिक्री बढेको चिनियाँ अधिकारीहरुले बताएका छन् । चीनको विद्युतीय गाडीमा विश्व बजारले प्रतिस्पर्धी मूल्य विन्दुका कारण धेरै चासो देखाइरहेको छ । चिनियाँ विद्युतीय सवारीसाधनले टेस्लालाई टक्कर दिइरहेको बताइएकोे छ ।

एजेन्सी

Comments

Back to top