सामसङका ३० हजार कर्मचारी आजदेखि अनिश्चितकालीन हडतालमा

दक्षिण कोरियाली कम्पनी सामसङका ३० हजार कर्मचारीले अनिश्चितकालीन हडताल थालेका छन् । प्रविधि कम्पनी सामसङका कर्मचारीले यसअघि तलब वृद्धि र अन्य सुविधाको माग राखेर तीन दिने हडताल गरेका थिए । तर यो बीचमा पनि आफ्ना मागबारे व्यवस्थापन पक्ष गम्भीर नभएको भन्दै कर्मचारी युनियन (एनएसईयू) ले आजदेखि अनिश्चितकालीन हडताल थालेका हुन् ।

सामसङ इलेक्ट्रोनिक्स विश्वको सबैभन्दा ठूलो मेमोरी चिप, स्मार्टफोन र टेलिभिजन निर्माता कम्पनी हो । युनियनको वेबसाइटमा पहिलो आमहडतालपछि पनि कम्पनीले वार्ता गर्ने मनसाय नदेखाएकोले दोस्रो अनिश्चितकालीन आमहडतालको आह्वान गरिएको उल्लेख छ ।

कर्मचारीको हडतालले उत्पादन अवरुद्ध भएको छ । तर सामसङले यो दाबीलाई अस्वीकार गरेको बीबीसीले जनाएको छ । कम्पनीको झन्डै ५५ वर्षको इतिहासमा पहिलो पटक यति ठूलो हडताल भएको हो । यो हडतालपछि कोरिया स्टक एक्सचेन्जमा सामसङको शेयरमा गिरावट आएको छ ।

एजेन्सी

Comments

Back to top