अमेरिकामा बेरोजगारी दर बढ्यो

अमेरिकामा बेरोजगारी दर केही बढेको छ । बेरोजगारी दर चार प्रतिशतबाट बढेर चार दशमलव एक प्रतिशत पुगेको छ । बेरोजगारी दर बढ्नुले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा अपेक्षाकृत सुधार हुन नसकेको सङ्केत गरेको अधिकारीहरुले
बताएका छन् ।

श्रम विभागले गत महिना दुई लाख छ हजार रोजगारी थपेको उल्लेख गरेको छ । मुद्रास्फीति कम हुँदै गएको र उत्पादन तथा सेवा क्षेत्रको गतिविधि सुस्त भइरहेको बेला यो प्रतिवेदन सार्वजनिक भएको छ ।

औसत घन्टाको आम्दानी मासिकरुपमा शून्य दशमलव तीन प्रतिशतले र अघिल्लो वर्षको तुलनामा तीन दशमलव नौ प्रतिशतले बढेको छ । तलव वृद्धिले उपभोक्ता मूल्य वृद्धिलाई पछाडि पारेको भए पनि यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सकिरहेको छैन । यो तथ्याङ्कले राष्ट्रपति जो बाइडेनलाई आफ्ना आर्थिक नीतिहरुबारे जनतालाई विश्वास दिलाउन चुनौती थपेको छ ।

एजेन्सी

Comments

Back to top