विज्ञानका पिता महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनको प्रेरणादायी कथा

अल्बर्ट आइन्सटाइन केवल एक वैज्ञानिक मात्र नभएर, एक महान् प्रेरक पनि हुन् । जसले मेहेनत, लगनशीलता र सपना भयो भने जस्तोसुकै आममानिस पनि संसारलाई चकित पार्दिन सक्छ भन्ने प्रमाणित गरे ।

सन् १८७९ मा जन्मिएका आइन्सटाइन अहिलेसम्म कै सबैभन्दा अभुतपूर्ण दिमाग भएका व्यक्ति भनेर चिनिन्छन् । जसलाई कुनैबेला एकदमै मूर्ख भनेर बोलाइन्थ्यो ।

अचम्मको कुरा के भने, आइन्सटाइन ४ वर्षको हुँदा समेत बोल्न सकेका थिएनन् । उनका आमाबुवाले त आसै मारिसकेका थिए- छोरो बोल्न सक्ला र भनेर !

त्यति मात्र कहाँ हो र ! सन् १८९५ मा उनी १६ वर्षको हुँदा ‘स्वीस फेडेरल पोलिटेक्निक स्कुल’को प्रवेश परिक्षामा फेल भएका थिए । त्यस्तै, विश्वविद्यालयको पढाइका क्रममा उनको नतिजा एकदमै दयनीय हालतको थियो । उनको कहिल्यै राम्रो अंक आएन । लद्दु विद्यार्थीको रुपमा उनी कुख्यात थिए ।

कति सम्म भयो भने, उनका बुवाले मृत्युको अन्तिम समयमा हुँदा समेत उनलाई ‘मूर्ख, केही दिमाग नभएको पागल’ भनेर सुनाइरहन्थे । जसले गर्दा आइन्सटाइनको मन निकै कुँडिन्थ्यो ।

विश्वविद्यालयबाट ग्र्याजुयट भइसकेपछि उनी साह्रै दोधारमा थिए । के गर्ने ? कता जाने ? उनलाई केही थाहा थिएन । जिन्दगी एकदम अनिश्चित बन्दै थियो ।

यस्तैमा उनले बीमा कम्पनीमा जागिर खाए, सेल्सम्यानको रुपमा । उनी प्रत्येक दिन घरघरमा गएर बीमा बनाउँदै हिँड्थे। त्यसको करिब २ वर्ष पछि प्याटेन्ट अफिसमा निरिक्षकको जागिर खान थाले ।

यिनै आइन्सटाइन पछि गएर वैज्ञानिक बने । ‘सापेक्षताबादको सिद्धान्त’ प्रतिपादन गरे । ‘क्वान्टम सिद्धान्त’को जग बसाले । ब्रमाण्डको प्रक्रियाबारे सरल रुपमा बुझाए । सन् १९२१ मा भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार जित्न सफल भए । अहिले उनी संसारभर ‘विज्ञानका पिता’ भनेर चिनिन्छन् ।

एजेन्सी

Comments

Back to top