हिमालयन बैंकको थापाथलीमा शाखा कार्यालय

हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये त्रिपुरेश्वर शाखालाई थापाथलीमा स्थानान्तरण गरेको छ ।

उक्त शाखा कार्यालयबाट आइतबारदेखि सेवा शुभारम्भ भएको हो । थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ ।

यसैगरी, बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका–१, मेनरोड नारायणगढबाट आइतबारदेखि नै मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्नेगरी सञ्चालनमा ल्याएको छ ।

हाल हिमालयन बैंकले नेपालभरि १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर र २६४ एटीएम मार्फत् सेवा दिँदै आएको छ । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले गरेका हुन् ।

एजेन्सी

Comments

Back to top