आवाज बिना नै संसारलाई चकित पार्न सफल चार्ली चाप्लिनको प्रेरणादायी कथा

बिना आवाज आफ्नो अद्भुत अभिनय मार्फत सारा संसारलाई चकित पार्न सफल, महान हास्य कलाकार हुन् ‘चार्ली चाप्लिन’ । चार्ली चाप्लिन केवल एक कलाकार मात्र नभएर, एक महान् प्रेरक पनि हुन् । जसले मेहेनत, लगनशीलता र सपना भयो भने जस्तोसुकै आममानिस पनि संसारलाई चकित पार्दिन सक्छ भन्ने प्रमाणित गरे । बस् ! तपाई आफ्नो सपना चुम्न यति लालायित हुनुस् कि- असफलताले तपाईलाई एक डेग पनि चलाउन नसकोस् ।

चार्ली सन् १८८९ मा बेलायतको लन्डनमा जन्मिए । उनको बचपन एकदमै दयनीय थियो । गरिबी र समस्याहरूको जालोमा नराम्ररी जकडिएको थियो उनको परिवार ।

उनी २ वर्षको हुँदा उनका बुवाले चार्ली र उनकी आमालाई घरबाट निकालिदिए । गरिबीले उनलाई सडकमा पुर्याइदियो। उनीहरूका लागि आयस्रोत भनेको केवल आमाले अरुका घरमा गएर बढारेर-लुगा धोइदिएर जुटाएको पैसा थियो । त्यही पैसाबाट आमाछोराले बिहान-साँझ जसोतसो हातमुख जोर्थे ।

आमाको कमाईले खानलाउन मुस्किल जस्तै हुन थालेपछि उनले ७ वर्ष कै उमेरदेखि काम गर्न थाले । उनले त्यतिबेलाको बेलायती वर्कहाउसमा काम गर्थे । त्यसबापत उनलाई बस्ने सानो कोठा र खानेकुरा मिल्थ्यो ।

चार्लीको कर्म ! उनी ९ वर्षको हुँदा उनकी आमा मानसिक बिमारी भएर ‘मानसिक अस्पताल’मा भर्ना हुन पुगिन् । त्यसको २ वर्षपछि उनका बाबुको पनि अत्यधिक रक्सीको सेवनका कारण मृत्यु हुन पुग्यो । उनीमाथि सानै उमेरमा ठुलो बज्रपात पर्न पुग्यो । बाच्नै धौ-धौ भैरहेको मान्छेमा यति सारो दुख झन् कहालिलाग्दो बन्दै गयो ।

चार्लीकी आमाले लामो सङ्घर्ष गरिन् । तर अफसोस उनी मानसिक बिमारीबाट निको हुन सकिनन् । मानसिक अस्पताल मै उनको मृत्यु हुन पुग्यो । आमाको मृत्यु हुँदा चार्ली र उनको भाइ सिड्नी भने खानेकुरा नै नपाएर बाँच्न धौ-धौ परिरहेको थियो ।

उनीमाथि असह्य बज्रपात परिरह्यो । अभाव, दुख र पीडाको पोखरीमा उनी लगातार डुबिरहे । तर पनि उनले हार भने खाइसकेका थिएनन् । जिन्दगी कता जादैछ, के हुने हो, कसरी बाच्ने हो, जस्ता तमाम प्रश्नसँग उनी लडिरहेका थिए ।

यसैबिचमा उनले स्टेज नाटकहरूमा काम गर्न थाले । विस्तारै उनले आफ्नो कमेडी कला र स्टेप-डान्सिङ कलामा निपुर्णता ल्याउँदै गए । उनले हलिउड फिल्ममा काम गर्ने अवसर पाए।

अन्ततः उनी संसार कै महान् साइलेन्ट अभिनेता बन्न सफल भए । उनको हास्य अभिनय कलाको स्थान कसैले पनि लिन सक्दैन । उनी अहिलेसम्म कै अद्भुत अभिनेता हुन् । जो वर्षौपछिसम्म पनि हामी सबैको मनमनमा राज गरिरहेका छन् ।

एजेन्सी

Comments

Back to top