सौर्य ऊर्जाको लगानीमा उच्च वृद्धि

सौर्य ऊर्जामा अन्य संयुक्त बिजुलीका स्रोतभन्दा बढी लागत खर्चिएसँगै यस वर्षको लगानी आधा ट्रिलियन डलर हुने विश्वको शीर्ष ऊर्जा अनुसन्धान निकायले बिहीबार बताएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले यस वर्ष स्वच्छ ऊर्जामा विश्वव्यापी लगानी दुई ट्रिलियन डलर पुग्ने अनुमान गरेको छ जुन जीवाश्म इन्धनमा खर्चिने रकमको दोब्बर हो ।

नवीकरणीय ऊर्जा र ग्रीडमा भएको संयुक्त लगानीले सन् २०२३ मा पहिलो पटक जीवाश्म इन्धनमा हुने खर्चलाई कम गरेको थियो । ‘स्वच्छ ऊर्जा लगानीले चुनौतीपूर्ण आर्थिक अवस्थामा पनि नयाँ कीर्तिमान स्थापित गरिरहेको छ’, आईईएका कार्यकारी निर्देशक फातेह बिरोलले आफ्नो वार्षिक विश्व ऊर्जा लगानी प्रतिवेदनको साथमा एक विज्ञप्तिमा भनेका छन् ।

कम्पनी र सरकारहरूले विश्वव्यापीरूपमा घातक जलवायु परिवर्तनलाई उत्प्रेरित गर्ने जीवाश्म इन्धनबाट उत्सर्जन हुने कार्बन घटाउन स्वच्छ ऊर्जा उत्पादनमा आफ्नो लगानी बढाइरहेका छन् । आपूर्तिमा सहजता र कम लागतले तथाकथित स्वच्छ ऊर्जाजस्तै सोलर प्यानल, विन्ड टर्बाइन, विद्युतीय कार र हिट पम्प, साथै आणविक ऊर्जा उत्पादनमा लगानी बढी रहेको छ ।

जीवाश्म–इन्धन ऊर्जाको तुलनामा बिजुली उत्पादनका लागि नवीकरणीय र आणविकमा संयुक्त लगानी १० गुणाले बढ्ने भएको छ जसमा चीनले सबैभन्दा ठूलो हिस्सा लगानी गरेको छ । हाल सौर्य पीभी (फोटोभोल्टिक प्यानल)मा अन्य सबै बिजुली उत्पादनको संयुक्त प्रविधिभन्दा बढी पैसा खर्च भइरहेको आईईएको प्रतिवेदनमा जनाइएको छ ।

एजेन्सी

Comments

Back to top