'एप्पल' लाई उछिन्दै 'एनभिडिया' बन्यो विश्वकै दोस्रो मूल्यवान् कम्पनी

आईफोन बनाउने एप्पललाई पछि पार्दै चिप निर्माता कम्पनी 'एनभिडिया' विश्वकै दोस्रो मूल्यवान् कम्पनी बनेको छ ।

गएको मे महिनामा एनभिडियाको बजार मूल्य १० खर्ब डलर रहेकोमा गएको फेब्रुअरीमा १० खर्बले बढ्दै २० खर्ब लडर पुगेको थियो । त्यसको पछिल्लो चार महिनामै एनभिडिया ३० खर्ब डलरभन्दा धेरैको कम्पनी बनेको हो ।

सन् १९९३ मा स्थापना भएको एनभिडियाले भिडियो गेमका साथै चलचित्र, गीतसङ्गीत, टेलिभिजन क्षेत्रमा काम गर्दै आएको छ । पछिल्लो समय कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को चर्चा बढेसँगै एनभिडियाको बजार मूल्य पनि आकाशिँदै गएको हो । एनभिडियाले एआई क्षेत्रमा काम गर्ने कम्पनीहरूलाई चिप उपलब्ध गराउँदै आएको छ । अहिले विभिन्न देशमा एआई क्षेत्रमा लगानी बढिरहेको छ ।

अहिले माइक्रोसफ्ट ३० खर्ब १५ अर्ब डलर बजार मूल्यका साथ शीर्ष स्थानमा छ । यस्तै एप्पल ३० खर्ब डलरसहित तेस्रो स्थानमा छ ।

एजेन्सी

Comments

Back to top