लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले डाक्यो साधारण सभा, आईपीओ जारी गर्ने प्रस्ताव पारित गराइने

लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । सभा जेठ १६ गते बुधबार हेटौंडामा विहान ११ बजेदेखि बस्नेछ । कम्पनीको वैशाख २२ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

सभाले चुक्ता पूँजी बढाउने र सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता शेयर प्रिमियम थप गरी निष्काशन गर्ने तयारी गरेको छ ।

कम्पनीले आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेको छ । लक्ष्मी टेक्नो प्लास्ट लिमिटेड वि.सं २०७२ असोज १८ गते प्राइभेट कम्पनी लिमिटेडको रुपमा स्थापित भई कम्पनी ऐन, २०६३ बमोजिम पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।

एजेन्सी

Comments

Back to top