शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा घट्यो

शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५१ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसै अवधिको तुलनामा ७।१९ प्रतिशतले कम हो । गत वर्ष यो बैंकले ५५ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यता, बैंकको खुद ब्याज आम्दानी भने ५.६६ प्रतिशतले घटेर १ अर्ब ६३ करोड रुपैयाँ कायम भएको छ । यसको सञ्चालन नाफा पनि ७९ करोड ६२ लाखबाट बढेर ८१ करोड २७ लाख भएको छ ।

यसको इम्पेयरमेन्ट चार्ज भने २१.२७ प्रतिशतले बढेर ३७ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा बैंकको उक्त चार्ज बापत ३० करोड ६६ लाख रुपैयाँ छुट्याएको थियो । बैंकको इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा असर परेको हो ।

यसको वितरणयोग्य नाफा १४ करोड ८८ लाख रुपैयाँ रहेको छ । शाइनको खराब कर्जा दर २.११ प्रतिशत विन्दुबाट बढेर ३.४१ प्रतिशत पुगेको छ । हाल यस बैंकको चुक्ता पुँजी ४ अर्ब ७३ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

जगेडा कोषमा १ अर्ब ८१ करोड रुपैयाँ जम्मा रहेको छ । यस बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७६ पैसाले घटेर १४ रुपैयाँ ५ पैसामा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १४१ रुपैयाँ ४ पैसा रहेको छ ।

एजेन्सी

Comments

Back to top