बच्चामा देखिन्छन् सुरुआतमा टिबीका यस्ता लक्षण

ट्यूबरक्लोसिस अर्थात टिबी एउटा गम्भीर रोग । सही ढंगले उपचार गरिएन भने यो ज्यानै लिने खालको पनि हुन सक्छ । यो रोग कुनै पनि उमेरसमूहको मानिसलाई हुन सक्छ । विशेषगरी बच्चाहरुमा यो रोगका सुरुआती लक्षण पहिचान गरी समयमै उपचार गर्नुपर्छ ।

ट्यूबरक्युलोसिस एउटा संक्रामक रोग हो जो शरीरमा ब्याक्टेरियाको संक्रमणको कारणले फैलिन सक्छ । यो रोगले फोक्सोमा एकदमै नराम्रो असर पार्दछ । विशेषज्ञका अनुसार माइकोब्याक्टीरियम ट्यूबरकुलोसिस नामक ब्याक्टेरियाको संक्रमणका कारणले शरीरमा टीबीको सुरुआत हुन्छ ।

टिबी कसैलाई पनि कुनै पनि उमेरमा हुन सक्छ । यसबाहेक पनि केही त्यस्ता स्थितिमा टिबी धेरै फैलने गर्छ । जस्तै कि एचआईभी संक्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, मिर्गौलासँग जोडिएको समस्या ।

टिबी लाग्दा विरामीको शरीरमा विभिन्न लक्षण देखिन सक्छन् । जस्तै कि तीन हप्ताभन्दा लामो समयदेखि खोकी, अत्यधिक ज्वरो, छाती दुख्ने, तीव्र गतिमा तौल घट्नु, भोकको कमी, खोक्ने समयमा खकारसँगै रगत आउनु, फोक्सोमा संक्रमण, स्वास लिन समस्या जस्ता समस्या हुन्छन् ।

बच्चामा टिबीका विभिन्न लक्षण देखिन सक्छन् । जस्तै कि रातमा पसिना आउनु, दुई हप्ताभन्दा धेरै खोकी, कमजोरी, थकान, चिसो लाग्नु, कम्मर दुख्ने तथा सुन्निने, पेट दुख्ने, वाकवाकी तथा वान्ता आउने, पिसाब गर्दा पोल्ने जस्ता समस्या हुन सक्छन् ।

बच्चालाई यस रोगबाट जोगाउन विशेष ख्याल गर्नुपर्ने हुन्छ । यस्तोमा बच्चालाई कहिल्यै पनि टिबीले संक्रमित व्यक्तिको सम्पर्कमा आउन नदिनुहोस् । शिशुहरुलाई टिबीबाट बचाउन बीसीजी खोप अवश्य लगाउनुहोस् । टिबीको लक्षण देखिने बित्तिकै सबैभन्दा पहिला डाक्टरको सल्लाह लिनुहोस् ।

एजेन्सी

Comments

Back to top