बच्चालाई कहिल्यै नखुवाउनुहोस् यस्ता खाना, हुन्छ नोक्सान

बच्चालाई स्वस्थ राख्न खानपानमा पनि ध्यान दिनैपर्छ । केही यस्ता चीज छन् जुन खाँदा बच्चालाई नोक्सानी हुन सक्छ । 

बच्चाका लागि डीप फ्राइड अर्थात तेलमा तारेका खानेकुरा नोक्सानदायक हुन सक्छन् ।

यस्ता खानाले बच्चाहरुमा मोटोपन ल्याउने तथा मुटुसम्बन्धी रोगको जोखिम बढ्छ । त्यसैले तारेका खानेकुरा कहिलेकाँही मात्र दिनुस् ।

बच्चालाई मिठो वा गुलियो त एकदमै मन पर्छ । तर पनि यसले उनीहरुको तौल बढ्ने, हड्डी कमजोर हुने, दाँत सड्ने जस्ता समस्या हुन सक्छन् । त्यसैले बच्चालाई सोडा, विभिन्न प्याकेटका जुस पनि खुवाउनु हुँदैन ।

बच्चाका लागि प्रशोधित खाना जस्तै कुकिज, चिप्स, कुरकुरे जस्ता जंक फुड पनि दिनु हुँदैन । यसमा सोडियम र चिनीको मात्रा अत्यधिक हुन्छ जसले उनीहरुमा मधुमेहको खतरा बढ्छ ।

बच्चालाई फास्ट फुड जस्तै बर्गर, पिज्जा, चाउमिन जस्ता चिज पनि धेरै खुवाउनबाट बच्नु पर्छ । यस्तो खानाले बच्चा छिटो बिरामी हुने गर्छन् । किनकी यसमा अस्वस्थ फ्याट, सोडियम तथा चिनी धेरै हुने गर्छ ।

बच्चालाई रातभर बचेको बासी खाना पनि दिनु हुँदैन । यस्तो खानाले बच्चा बिरामी हुन सक्छन् । रातभर राखेको खानामा ब्याक्टेरिया आउने गर्छन् जसले बच्चाको स्वास्थ्यलाई नोक्सान पुर्‍याउन सक्छ ।

एजेन्सी

Comments

Back to top