नारायणी डेभलपमेन्टबैंकको २२ औं वार्षिक साधारण सभा वैशाख १८ गते

नारायणी डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा वैशाख १८ गते बस्ने भएको छ ।  

साधारण सभामा लाभांश वितरण सम्बन्धी एजेन्डा छैन। साधारण सभामा बैंकले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

साथै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ । बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने एजेन्डा पनि छ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।

सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । साधारण सभा,  होटल स्टार चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।

एजेन्सी

Comments

Back to top