नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख कित्ता शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न ६ जना संस्थापक शेयरधनीको नाममा रहेको तीन लाख आठ हजार ९२० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र बिक्री गर्न चाहेको शेयरको रकम समेत खुलाई बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

Comments

Back to top