मंगलबार नेप्से ९.७५ अंकले बढ्यो, ४ अर्ब १४ करोडको सेयर कारोबार !

मंगलबार नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१५ कम्पनीको कुल ९७ लाख ८९ हजार ४१६ कित्ता सेयरको करिब ४ अर्ब १४ करोड ३७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १५० कम्पनीको सेयर मूल्य बढेको छ, ८६ कम्पनीको मूल्यमा गिरावट छ भने, ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १० उपसमूहको परिसूचक  बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा जानकी फाइनान्स लिमिटेड रहेको छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा सूर्य ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ८ लाख बराबरको सेयर कारोबार भएको छ। 

Comments

Back to top