नेप्से इन्ट्राडे अपडेट: १३.१६ अंकको वृद्धि!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक १३.१६ अंकले बढेको छ।

दुई घण्टामा नेप्से १३.१६ अङ्कले बढेर २०३९.९७ मा आएको हो। ३०३ कम्पनीको ४,९०१,०५२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ५ करोड ४१ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा जानकी फाइनान्स कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.८३% ले घटेको छ।

 

 

Comments

Back to top