सर्वोत्तम सिमेन्ट कम्पनीकोे वैशाख १२ गते साधारण सभा

सर्वोत्तम सिमेन्ट कम्पनीकोे वैशाख १२ गते साधारण सभा बोलाएको छ । सर्वोत्तम सिमेन्टले यसपटक सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिंदैछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सर्वोत्तमले चैत ३० गते शुक्रबार बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले गत वर्षको नाफाबाट यस्तो प्रस्ताव गरेको हो । अब आगामी साधारण सभाले पारित गरेपछि यो कार्यान्वयनमा आउनेछ ।

साथै, कम्पनीले साधारण सभा र बुक क्लोज मिति पनि घोषणा गरेको छ । लाभांश वितरण सहितका एजेन्डाहरु पारित गर्न कम्पनीले वैशाख १२ गते साधारण सभा बोलाएको छ ।

यस आधारमा चैत २९ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् । साधारण सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बस्नेछ ।

एजेन्सी

Comments

Back to top