साताको पहिलो कारोबार दिन नेप्सेमा २२.७५ अंकको वृद्धि!

आइतबार नेप्से परिसूचक २२.७५ अंकले बढेर २०२६.८१ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३११ कम्पनीको कुल १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयरको करिब ४ अर्ब २५ करोड ६६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १९० कम्पनीको सेयर मूल्य बढेको छ, ४८ कम्पनीको मूल्यमा गिरावट छ भने, ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक  बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा तारागाउँ रिजेन्सी होटल लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रोमोटर सेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९५ करोड २० लाख बराबरको सेयर कारोबार भएको छ। 

Comments

Back to top