डिप्रोक्स लघुवित्तको साधारण सभा आज, लाभांश प्रस्ताव पारित गरिने

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २२औं वार्षिक साधारण सभा आज चैत्र २५ गते बस्दैछ । सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा विहान १० बजेदेखि सुरु हुनेछ ।

सभाले चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने रकम १५ करोड ५१ लाख ८ हजार ८१६ रुपैयाँ बराबरको बोनस शेयर र ०.५२६३२ प्रतिशतले हुन आउने रकम ८१ लाख ६३ हजार ६२१ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत्र १५ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार चैत्र २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी मात्रै सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् । एजेन्सी

Comments

Back to top