एचआईडीसीएलको संस्थापक शेयर चैत २५ गते देखि लिलामीमा आउने

हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले १ करोड भन्दा बढी कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ ।

कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक शेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री नभई बाँकी रहेको १ करोड ७८ लाख ४० हजार १४० कित्ता शेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।

कम्पनीले आगामी चैत २५ गतेदेखि ऊक्त शेयरहरुको बित्री आवेदन खुलाउने भएको छ । यो सेयर खरीदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरीद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ।

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु नयाँबानेश्वर, विर्तामोड,विराटनगर,जनकपुर,वीरगञ्ज, हेटौडा, चितवन,पोखरा,बुटवल,बाग्लुङ,नेपालगञ्ज,सुर्खेत,धोराही,धनगढी र महनेन्द्रनगर शाखा कार्यालयहरुमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति वैशाख ९ गते रहेको छ । एजेन्सी

Comments

Back to top