कहिलेकाँही दिउँसो पनि किन देखिन्छ चन्द्रमा ?

रातको समयमा आकासमा चम्किने चन्द्रमा एकदमै सुन्दर देखिन्छ । तर, कहिलेकाँही यही चन्द्रमा दिउँसोमा पनि देखिने गर्छ । के तपाईंले सोंच्नुभएको छ यस्तो किन हुन्छ ? आउनुहोस् जानौं कारण–

हामीले नाङ्गो आँखाले देख्न सक्नेमध्ये सूर्यपछि आकासमा सबैभन्दा धेरै चम्किने खगोलीय पिन्ड चन्द्रमा हो ।

कहिलेकाँही सूर्यको परावर्तित प्रकाशका कारणले चन्द्रमा दिउँसो पनि देखिने गर्छ । चन्द्रमाको सतहमा ठोक्किएर नै सूर्यको प्रकाश पृथ्वीसम्म पुग्छ । यही कारणले चन्द्रमा प्राय: रातमा देखिने गर्छ ।

सूर्यको प्रकाश कम भएका बेला दिउँसो पनि हामीलाई चन्द्रमा देखिने गर्छ । यस्तो घटना प्रायः सूर्यास्त र सूर्योदयको समयमा हुने गर्छ ।

Comments

Back to top