यस्ता छन नेपाल भारत युद्ध हुनुका ७ कारण

ब्यापार गर्ने उद्देश्यले भारत प्रवेश गरेका अंग्रेजहरुले विस्तारै त्यहाँको सम्पूर्ण प्रशासनिक व्यवस्था नै आफ्नो हातमा लिएका थिए । भारतका सबै राज्यहरुमाथि अधिकार जमाएपछि सिमाना जोडिएका राज्यहरुलाई पनि आफ्नो बसमा पार्ने पर्यात्न अंग्रेजहरुले गर्न थाले ।

पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकिकरण अभियान गीर्वाणयुद्ध शाहको शासनकालसम्म नेपालको दक्षिण सिमाना भारतसँग जोडिन पुगेको थियो । त्यतिवेलासम्म भारतका समस्याहरु सुल्झाएर अंग्रेजले नेपालसँग पनि टक्कर लिने योजना बनाउँदै थिए । त्यतिवेला नेपालको सिमाना पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म पुगेको थियो ।

व्यापारिक संधिको माध्यमबाट नेपाल छिर्नै प्रयत्न गरेका अंगे्रजहरु सफल हुन नसकेपछि आक्रमण गरेर भएपनि नेपालमाथि प्रभुत्तो जमाउन चाहे । जसको परिणाम स्वरुप विं.स १८७१ देखि १८७३ सम्म वा सन १८१४ देखि १६ सम्म करिब दुई बर्ष नेपाल र भारतस्थित कम्पनी सरकारका बीचमा युद्ध भएको थियो । युद्धका ७ कारणहरु यस प्रकार छन्।

१) नेपाल र कम्पनी सरकार दुवैले विस्तावादी नीति अपनाउँनु ।
२) नेपालमाथि कम्पनी सरकारको स्वार्थ हुनु ।
३) कम्पनी सरकारले नेपालमाथि घनिष्ट सम्बन्ध स्थापना गर्न नसक्नु ।
४) नेपालले अंग्रेज विरोधी गुट तयार गर्ने प्रयास गर्नु ।
५) नेपालको सैनिक नीतिमाथि अंग्रेसहरुमा भ्रम पर्नु ।
६) पश्चिम नेपालका पराजित राजाहरुले अंग्रेजलाई उस्काउनु ।
७) बुटवल र स्वूराजमा भएको सिमा समस्या

यी कारणहरुले नेपाल भारत युद्ध भएको थियो । जसमा नेपालीहरुले बहादुरीका साथ युद्ध लडेका थिए। - एजेन्सी

 

Comments

Back to top