अन्टार्टिकाको रहस्य अब रोबोट जहाजले खोल्ने

वैज्ञानिक तथा इन्जिनियरहरुको एउटा समूह रोबोट जहाजको परीक्षणका लागि अन्टार्टिकामा अवतरण गरेको छ ।

बीबीसीका अनुसार यस्ता जहाजको परीक्षणले विज्ञहरुलाई मौसममा आएको परिवर्तन र यसको असरबारे पूर्वानुमान गर्न मद्दत पुग्नेछ । यस्ता स्वचालित जहाजले अनुसन्धाताको नियन्त्रण बाहिर रहेको अन्टार्टिकाको मापनलाई सहज बनाउनेछ । अत्यन्तै खराब मौसम रहेको वेल्सको उच्च पहाडी क्षेत्रमा यस्ता जहाजको परीक्षण गरिएको हो ।

यसको परीक्षण बरफले ढाकिएका पहाडमुनि हुनेछ जस्ले यी बरफहरु कहिलेसम्म पग्लेर समुद्रमा मिसिने र समुद्र सतह कति बढाउँछ भन्नेमा हुनेछ।

हावाको वेग, बरफ जम्ने तापक्रम र अचानकको आँधीबेहरी अन्टार्टिकाको लागि सामान्य कुरा हो । यस्तो मौसममा त्यहाँ जहाज उडाउनु भनेको मानवीय जहाजका लागि अत्यन्तै कष्टपूर्ण कार्य हो । ब्रिटिस अन्टार्टिक सर्भेले वाइन्ड रेसर कम्पनी यूकेसँग मिलेर यस्तो जहाजको विकास गरेको हो, जो बिग्रँदा पनि सजिलै मर्मत गर्न सकिन्छ । यस्तो जहाज नर्थ वेल्सको स्नोडोनियामा गरिएको हो । 

यस्ता जहाजले एक क्विन्टल कार्गो एक हजार किलोमिटरसम्म सजिलै बोकेर उडान भर्न सक्छ । राडार तथा क्यमरा जहाजको पखेटामा जडान गरिएको हुन्छ । यसको रुट पहिले नै तय गरिएको हुन्छ र इन्जिनियरले कम्प्युटरको माध्यमबाट यसका निगरानी राख्छन् । 

यस्तो जहाजले सामान्य जहाजको तुलनामा तेल पनि धेरै कम खान्छ । सामान्य जहाजलाई दुई सय ब्यारेल तेल लाग्ने ठाउँमा यसलाई भने १० ब्यारेल मात्रै लाग्छ ।

Comments

Back to top