महिन्द्रा केयर फेस्ट २०२४ आयोजना हुँदै

अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस् प्रालिले यही माघ २१ गतेदेखि माघ २६ गतेसम्म महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ।

यस ४५–पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वाशिंग, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशत देखि ५० प्रतिशत सम्म छुट पाउन सकिने आयोजकले जनाएको छ।

महिन्द्रा फोरव्हीलरको नेपालका लागि एकमात्र अधिकृत बिक्रेता समेत रहेको बालाजु अटो वर्कस् प्रालिले अन्य उपहारहरू पनि राखेको बताएको छ।

नेपाल भरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्ने छन्।

महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आइरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरूमा झैँ ग्राहकको उल्लासमय सहभागिता रहने अपेक्षा गरेको छ।

अग्नि आस्था प्रालिले यस केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको कम्पनीले जनाएको छ।

त्यस्तै, महिन्द्राका सर्टिफाइड युज्ड गाडी खरिद गर्नु परेमा आकर्षक अफर पनि रहको छ।

कम्पनीका अनुसार यो सेवा काठमाडौँ, भैरहवा र इटहरीमा उपलब्ध छ।

Comments

Back to top