बुटवलमा नेपाल माइक्रो इन्स्योरेन्सको नयाँ शाखा विस्तार

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले पछिल्लो समय शाखा विस्तारलाई जोड दिँदै आइरहेको छ ।

यसैक्रममा कम्पनीले रुपन्देहीको बुटवलमा आफ्नो आठौं नयाँ शाखा सञ्चालनमा ल्याएको हो। कम्पनीले आज माघ १९ गते शुक्रबार उक्त शाखाको उद्घाटन गरेको हो ।

कम्पनीले ‘सानो इन्स्योरेन्स ठूलो केयर’ भन्ने मूल अभिप्रायका साथ शाखा कार्यालयहरु विस्तार गर्दै आइरहेको छ । कम्पनीले देशका विभिन्न स्थानहरुमा लघु बीमा सेवा पुर्याउने हेतुले शाखा विस्तारमा जोड दिँदै आइरहेको छ ।

नयाँ शाखाहरुको बिस्तारले आवश्यकता परेकाहरुका निम्ती सेवालाई थप पहुँचयोग्य र किफायती बनाउनुको साथै, यस कम्पनीको क्षेत्र अझै बढदै जाने अपेक्षा गरेको छ ।

यस कम्पनिले देशभरी आफ्ना पाईलाहरु बिस्तार गर्ने सिलशिलामा बिशेष गरेर निम्न वर्गमा पहुंच र जोखिममा परेका समुदायहरुलाई आर्थिक सुरक्षा प्रदान गर्ने आफ्नो लक्ष्य पुरा गर्न प्रतिबद्ध रहेको बताएको छ ।

Comments

Back to top