हुन्डाई एक्सटरको बुकिङ खुला

नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले एसयूभी एक्सटरको बुकिङ आजदेखि खुला गरेको छ।

कम्पनीले गत भदौमा सम्पन्न नाडा अटो शोमा प्रदर्शनमा राखेको गाडीको बिक्री खुला अहिले गरेको हो।

हुन्डाईले पाँच सिटर एसयूभी मोडेलको लाइनअपमा हुन्डाई भेन्यूभन्दा अघि रहने पहिलो एसयूभी एक्सटर भएको बताएको छ।

गत जुलाईमा भारतमा सार्वजनिक गरिएको एक्सटर भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईकोटी)को विजेता समेत बनेको एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइएको कम्पनीले जनाएको छ।

यसको डीआरएल एच प्याटर्नमा राखिएको र इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर लगायत विशेष फिचर रहेको छ।

हुन्डाईको १.२ लिटर पेट्रोल इन्जिन जडित एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ। गाडीमा १८५ एमएमको ग्राउन्ड क्लियरेन्स छ। एक्सटर एसयूभीमा १८ प्रकारका ‘फर्स्ट–इन –सेग्मेन्ट’ फिचर र पहिलोपटक ६ वटा एयरब्याग राखिएको छ।

कम्पनीका अनुसार गाडीमा शार्क–फीन एन्टेना, फूटवेल लाइटिङ, मेटल प्याडल, भ्वाइस–इनेवल्ड सनरुफ र वायरलेस चार्जर लगायत अन्य सुरक्षित, कन्भिनियेन्ट र कम्फर्ट फिचर रहेको छ।

६ किसिमका रङमा उपलब्ध एक्सटरका ई, एस र एसएक्स गरी तीन भेरियन्ट रहेको कम्पनीले जनाएको छ।

कम्पनीले ई भेरियन्टको मूल्य ३४ लाख ९६ हजार, एस भेरियन्टको ४० लाख ९६ हजार र एसएक्सको मूल्य ४४ लाख ९६ हजार रहने जनाएको छ।

Comments

Back to top