एनसेलले सुधार गर्‍यो सुदूरपश्चिम र लुम्बिनीमा फोरजी सेवा

एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानीय स्तरमा फोरजी सेवाको थप सुधार गरेको छ। यससँगै यी प्रदेशका डेढ दर्जन बढी क्षेत्रका ग्राहकले सुधारिएको फोरजी सेवामा पहुँच पाएको एनसेलले जनाएको छ।

हाल फोरजी सेवा सुधार गरिएका स्थानीय क्षेत्रहरूमा सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहा रहेको छन्। त्यस्तै, लुम्बिनी प्रदेशका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिदार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुर छन्।

एनसेलका अनुसार आवश्यकता अनुसार देशका अन्य स्थानहरूमा पनि फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको छ।

एनसेलले १८ जेठ २०७४ मा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरू गरेको थियो। हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार गरि सकेको छ भने कुल जनसंख्याको ९२.०९ प्रतिशत जनतामाझ यो सेवा पुगेको एनसेलले बताएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या असोजसम्ममा ६८ लाख ८५ हजार रहेको छ।

Comments

Back to top