नेपाल भित्रँदै ‘बोल्ट’का उत्पादनहरू

भारतीय अडियो कम्पनी बोल्टको इयर–बड र स्मार्ट–वाचहरू नेपालमा उपलब्ध हुने भएको छ।

यसका लागि बोल्ट र शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्सबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

वरुण गुप्ता र तरुण गुप्ताद्वारा २०१७मा स्थापित बोल्टले हेडफोन, स्पिकर, स्मार्टवाच र वायरलेस, ब्लुटुथ, इन–इयर, र इयरफोनहरू लगायत अन्य अडियो र वेरेबल उत्पादनहरू डिजाइन र निर्माण गर्दै आएको छ।

हालसम्म कम्पनीले २ करोडभन्दा बढी उत्पादनहरू बिक्री गरिसकेको कम्पनीले जनाएको छ।

जगदम्बा मोबाइल्सका अनुसार कम्पनीले ग्राहकका विभिन्न माग र आवश्यकता बमोजिमका बोल्ट स्मार्टवाच र टीडब्लुएस इयरबडहरू नेपालमा चाँडै उपलब्ध गराउन लागेको हो।

बोल्टले भारतमा आक्रमक व्यावसाय विस्तार गरेसँगै अन्तर्राष्ट्रिय बजारमा पनि उपस्थिति जनाइरहेको छ।

Comments

Back to top