इतिहास : नेपालको शक्तिशाली राज्य थियो भक्तपुर

काठमाडौं उपत्यकाको उत्तरपूर्वी भागमा अवस्थित भक्तपुर नगर प्राचीन कालदेखि नै नेपालको राजधानी रहदै आएको थियो । ऐतिहासिक र पूरातात्विक दृष्टिले महत्वपूर्ण भक्तपुर सहर कला, संस्कृति, शिल्पकला, बास्तुकलाले पनि सम्पन्न थियो । प्राचीन कालदेखिनै अन्तराष्ट्रिय व्यापारेको केन्द्रको रुपमा विकसित यो सहर उपत्यकाका अन्य सहरभन्दा विकसित थियो ।

मध्यकालमा उपत्यकाका राज्यहरु विभाजन नहुँदासम्म भक्तपुर नेपालमण्डल राज्यको राजधानीको रुपमा रहेको थियो । एकिकृत नेपाल राज्यका अन्तिम राजा यज्ञ मल्लले भक्तपुरलाई एउटा शक्तिशाली किल्लाको रुपमा विकास गरेका थिए । उनले यो सहरलाई चारैतीरबाट अग्ला प्रखाल लगाएर किल्लाबन्दी गरेका थिए ।

यज्ञ मल्लको मृत्यु पछि उनका छोराहरुको महत्वकाँक्षी स्वभावका कारण उपत्यकामा नयाँ राज्यको स्थापना भयो । त्यसपछि भक्तपुर क्षेत्र एक सानो राज्यको रुपमा देखा पर्यो । प्रारम्भमा यज्ञ मल्लका जेठा छोरा राय मल्ल स्वतन्त्र राज्यका शासक मानिए । त्यसपछि भुवन मल्ल, प्राण मल्ल, विश्व मल्ल, त्रिलोक मल्ल, जगज्ज्योति मल्ल, नरेश मल्ल, जगतप्रकाश मल्ल, जितामित्र मल्ल, भुपतिन्द्र मल्ल, रणजित मल्लले शासन संचालन गरेका थिए ।

कान्तिपुर र ललितपुर राज्यको तुलनामा भक्तपुर राज्यको राजनीतिक अवस्था मध्यकालमा स्थिर रहेको थियो । अन्य राज्यहरुको तुलनामा यो राज्यमा आन्तरिक राजनीतिक षड्यन्त्र, हत्या र उथलपुथलहरु कमै भएको थियो । त्यस्ता घटनाहरु नभएका कारण भक्तपुरका जनताले हत्या, हिँसा तथा निरंकुशताको सिकार बन्न परेन ।

त्यही स्थिरताका कारण भक्तपुर राज्यले आफ्नो कला र बास्तुकलालाई निरन्तर रुपमा विकास र जर्गेना गर्न सफल भएको थियो । पटक पटक धेरै पटक काठमाडौं र ललितपुर राज्यहरुले भक्तपुरमाथि आक्रमण गरेका थिए । यी दुबै राज्यभन्दा भक्तपुर शक्तिशाली भएकाले अन्तिम सम्मपनि आफ्ना अस्तित्व र जनताको रक्षाका लागि भक्तपुर लडेको इतिहास छ ।

नेपालको एकिकरणमा रहेको गोर्खाका राजा पृथ्वीनारायण शाहले पनि अन्तीममा मात्र भक्तपुरलाई एकिकरण गर्न सकेका थिए । धेरै राज्यहरुको एकिकरण सकेर पृथ्वीनारायण शाहले भक्तपुरमाथि आक्रमण गरेर गोर्खा राज्यमा विलयी गराएको थिए ।

Comments

Back to top