लक्ष्मी सनराइज बैंकले अपर सेती जलविद्युतमा ३ अर्व लगानी गर्ने

लक्ष्मी सनराइज बैंकले अपर सेती जलविद्युत निर्माणको लागी कर्जा लगानी गर्ने भएको छ ।

कास्की जिल्ला स्थित सेती नदीमा २० मे.वा. क्षमताको मथिल्लो सेती खोला जलविद्युत आयोजना निमार्ण गर्न लक्ष्मी सनराइज बैंकले आज ऋण सम्झौता गरेको हो।

सो आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको छ । यो सहकार्यले नेपालको विद्युत उत्पादनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

अपर सेती जलविद्युतले २०७८ माघ १७ गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि उत्पादनको अनुमति पत्र प्राप्त गरेको हो । कम्पनीले २०८० आश्विन १० गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेकोे छ ।

सो कम्पनीको प्रवद्र्धकको रुपमा नेपालको प्रतिष्ठित व्यापारिक घराना के.सी. ग्रुप रहेको छ । सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको छ । बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रर्वदक÷संस्थापकहरुको लगानी रहने छ ।

लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ३.०२ अर्ब रहेको छ जसले दिगो विकासलाई बढावा दिने बैंकको योजनालाई अझ सार्थक बनाउनेछ ।

२० मेगावाट क्षमताको सो आयोजना निमार्ण पश्चात वार्षिक करिव ११३.५१ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै बैंकको विद्यमान १४०० मेगावाट भन्दा बढीको पोर्टफोलियोमा अझ सुदृढ हुँदै लक्ष्मी सन्राइज बैंकको हरित ऊर्जा प्रवद्र्धनप्रति निरन्तर प्रतिबद्धतालाई जोड दिनेछ ।

Comments

Back to top