नेपाल राष्ट्र बैंकले १९.१० अर्बको आन्तरिक ऋण नवीकरण गर्दै

नेपाल राष्ट्र बैंकले १९ अर्ब १० करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिने ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिने ५ अर्ब रुपैयाँ र ३६४ दिने ६ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो।

यी ट्रेजरी क्रमशः २०८१ वैशाख १८ गते, २०८१ साउन १५ गते र २०८१ माघ १५ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिल माघ १६ गते जारी हुनेछ। यसको बोलकबोल सोमबार माघ १५ गते दिउँसो २ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

Comments

Back to top