नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको दुई नयाँ शाखा विस्तार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि ललितपुरमा २ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ ।

बैंकले ललितपुर महानगरपालिका १५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका २५ मा भैंसेपाटी शाखा संचालनमा ल्याएको हो ।

नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे ।

कार्यक्रममा सिईओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए ।

बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमुल र अनामनगरमा नयाँ शाखाहरु संचालनमा ल्याएको थियो ।

 

Comments

Back to top