एकै दिन ७ अर्बले बढ्यो निक्षेप, कतिमा झर्यो सिडी रेशियो ?

बैंकिङ्ग प्रणालीमा दिन प्रतिदिन तरलता वृद्धि हुने क्रम जारी छ । ब्याज दर कम हुँदा पनि कर्जाको माग सोचे जस्तो नहुनुले बैंकमा लगानीयोग्य रकम थुप्रिरहेको छ फलस्वरुप सिडी रेशियो निरन्तर घट्दो छ । आगामी दिनमा ब्याजदर अझै घट्ने सम्भावना देखिन्छ ।

बैंकिङ्ग प्रणालीमा एकै दिन ७ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार शनिबारसम्म ६१ खर्ब २० अर्ब रहेको निक्षेप आइतबारसम्म ६१ खर्ब २७ अर्ब पुगेको हो ।

शनिबारसम्म कर्जा प्रवाह भने ५० खर्ब ६९ अर्ब रहेकोमा आइतबार ५० खर्ब ७१ अर्ब पुगेको हो ।

सिडी रेशियो घट्दै ८०.११ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.९९ प्रतिशत छ ।

Comments

Back to top